गृहपृष्ठ ‘स्मार्ट हुलाक सेवाको शुभारम्भ गौरवपूर्ण क्षण’
‘स्मार्ट हुलाक सेवाको शुभारम्भ गौरवपूर्ण क्षण’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल बुधबार राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले देशमा ‘स्मार्ट हुलाक’ सेवाको शुभारम्भ हुनु गौरवपूर्ण क्षण भएको बताएकी छन ।
सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको आयोजनामा आज गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमै पहिलोपटक हुलाक कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको सचिव अर्यालले जानकारी दिइन।
जनताको घरदैलोसम्म पुग्ने सेवा हुलाक भएकाले सबै सरकारी कार्यालयलाई हुलाकसँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै सञ्चारसचिव अर्यालले उत्तरी गोरखाको दुर्गम क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
गोरखा हुलाक कार्यालयका हुलाक अधिकृत विनोदप्रसाद गैरेले गोरखा हुलाक कार्यालयले प्रविधिमैत्री बनाउँदै लगेको र हल्काराहरुलाई समेत प्रविधिसम्बन्धी तालिम प्रदान गरेको बताए । अनलाइन ‘ट्रयाकिङ प्रणाली’ मार्फत सेवाग्राहीले अहिले आफूले पठाएको सामग्री कहाँ पुग्यो भन्नेर जानकारी पाउनसक्नु हुलाकको बलियो पक्ष भएको उनको भनाइ छ ।
प्रकाशित समय : २०:३६ बजे



















