global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौ : कांग्रेस

निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौ : कांग्रेस

निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ ।

सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरु निर्वाचनको पक्षमा नै रहेको बताउँदै तर निर्वाचन अघि प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्ने बताए ।

उनले भने ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौँ । आज बन्द सूची बुझाउन पनि आउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाै । तर यो बिचमा कुनै न्यायिक फैसलाहरु कुनै ढंगबाट आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’ उनले नयाँ राजनीतिक दलहरु थपिदै जानु कांग्रेसको लागि सुखद भएको बताए ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु