गृहपृष्ठ सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै
सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै
नेपाल धितोपत्र बोर्डबाट स्वीकृित लिई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गत Assets Under Management (AUM) १ अर्ब नाघेको छ । यस उपलब्धिले संस्थाप्रति लगानीकर्ताहरूकोे विश्वास तथा सुदृढ व्यवस्थापन क्षमतालाई प्रतिबिम्बित गर्दछ ।
सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण गा्रहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम हो । सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानी मार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी व्यक्त गरे ।
संस्थाले व्यक्तिगत तथा संस्थागत गा्रहकरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन, सामुहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभुति तथा संस्थागत परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना सिद्धार्थ क्यापिटल लिमिटेडको मुख्य प्राथमिकता रहँदै आएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेडले आगामी दिनहरूमा नवीन लगानीका उपकरणहरू विस्तार गर्दै, प्रविधिमा आधारित सेवा सुदृढीकरण र लगानीकर्ताको अनुभव अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित समय : १८:११ बजे



















