global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमको एनटी फाइबर विद्यार्थी अफर, यस्ता छन् विशेषता

नेपाल टेलिकमको एनटी फाइबर विद्यार्थी अफर, यस्ता छन् विशेषता

नेपाल टेलिकमको एनटी फाइबर विद्यार्थी अफर, यस्ता छन् विशेषता

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ । आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

के हो एनटी फाइबर विद्यार्थी अफर ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात् एनटी फाइबर इन्टरनेटअन्तर्गत विद्यार्थीहरूका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो ।

सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ (एफयूपी प्रतिदिन २५ जीबी) भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस (Throttling Speed after FUP 5 Mbps) हुनेछ ।

यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर नि:शुल्क प्राप्त गर्नेछन् ।

अफर लिन के गर्ने ?

एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।

कुन कुन कागजात संलग्न गर्नुपर्छ ?

विक्रम संवत् २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूका लागि मात्र यो अफर लागू हुनेछ ।त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।

त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेस गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यो अफरको समयावधि सकिएपछि पुन: यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । यसकारण सेवा निरन्तरता चाहनेले साबिकका प्याकेजहरू मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।​

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु