global ime bank Long Banner Ad

गृहपृष्ठ नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशनले आईपीओ जारी गर्ने

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशनले आईपीओ जारी गर्ने

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशनले आईपीओ जारी गर्ने

काठमाडौं नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि शेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ ।

फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु