गृहपृष्ठ भलिबलमा महिलातर्फ एपीएफको लगातार दोस्राे जित
भलिबलमा महिलातर्फ एपीएफको लगातार दोस्राे जित
एपीएफ क्लबले काठमाडौंमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोश्रो जित निकालको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
खेलमा एपीएफले क्लब २५–६, २५–११ र २५–१२ को सहज जित निकालेको हो । जितसंगै एपीएफ च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको छ । सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो ।
त्यस्तै महिलातर्फ आइतबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । आर्मीले २४–१६,२५–१२,२५–९ ले खेल जितेको हो । आर्मी पनि लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल नजिक पुगेको छ ।
प्रकाशित समय : १४:०२ बजे


















