global ime bank Long Banner Ad

गृहपृष्ठ जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन (भिडियो सहित)

जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन (भिडियो सहित)

जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन (भिडियो सहित)

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।

वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।

उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’

यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कला मार्फत देखाउन खोजेको बताइन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कलामार्फत देखाउन खोजेका हौंं । यो प्रदर्शन आज २ बजेसम्म गर्छौ, यो जेनजीहरुको आवाज कलाबाट प्रदर्शन गरिरहेका छौ । आन्दोलन भएपछि पनि धेरै आवाजहरु दबिरहेका छन् । त्यसलाई कलाबाट सबै माझ ल्याउन खोजेका हौं ।’

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु