global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो

आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो

आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तरराष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजन हुने भएको छ ।

सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहन गर्न, किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा ल्याउन एक्स्पो गर्न लागिएको हो ।

सङ्घले गत वर्ष पनि डेरी एक्स्पो आयोजना गरेको थियो । अध्यक्ष बगालेका अनुसार एक्स्पोमा भारतीय व्यवसायीहरुको पनि सहभागिता रहनेछ । गत वर्षको एक्स्पोपछि चितवनमा पहिलेको तुलनामा हाल १५ हजार लिटरभन्दा बढी अर्थात् दैनिक एक लाख ६५ हजार लिटर दूध खपत हुँदै आएको छ ।

जिल्लामा हाल ११५ वटा सहकारीबाट दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । दुग्धजन्य उत्पादनमध्ये कच्चा दूध र नौनीको जिल्लामा खपत बढेको सङ्घको भनाइ छ । एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा सहयोग पुगेको सङ्घको विश्वास छ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु