global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।

आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा चुनाव केन्द्रित विषयमा छलफल भयो । बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरु र प्रधानमन्त्रीबीच कायम भएको छ । अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरुलाई गराउँछु ।’

शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल ९प्रचण्ड० सहभागी थिए ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु