गृहपृष्ठ बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दीपले लिए दुई विकेट
बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दीपले लिए दुई विकेट
बंगलादेश प्रिमियर लिगको सिजनको पहिलो खेल खेलेका नेपालका लेगस्पिनर सन्दीप लामिछानले दुई विकेट लिएका छन्।
सन्दीपले राजशाही वारियर्सका लागि सिलेट टाइटन्सविरूद्ध पहिलो खेलमा दुई विकेट लिँदा ४३ रन खर्चिए। उनले ७ बल डट फ्याँक्दा २ चौका र ३ छक्का दिए।
सन्दीपले खेलमा हर्जातुल्लाह जजाइलाई २० रनमा मुस्फिकर रहिमबाट स्टमपिन गराउँदा ओपनिङ ब्याटर रोनी तालुकदार ४१ रनमा बोल्ड गरे।
टस जितेको राजशाहीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सिलेटले ४ विकेटको क्षतिमा १९० रनको विशाल योगफल तयार गरेको छ।
प्रकाशित समय : १६:३१ बजे


















