गृहपृष्ठ स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने
स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बीच प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
हस्ताक्षर कार्यक्रम विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा सम्पन्न भएको हो। दुवै संस्थाको केन्द्रीय कार्यालय पनि बनेपामा रहेको छ।
हाल स्वरोजगार लघुवित्तको शेयर मूल्य ९२० रुपैयाँ रहेको छ भने विन नेपाल लघुवित्तको शेयर मूल्य १८४७ रुपैयाँ कायम छ।
मर्जर पूरा भएमा दुवै लघुवित्तको सञ्चालन क्षमता, पूँजी संरचना र वित्तीय सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : ११:१८ बजे


















