गृहपृष्ठ एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एन आई सी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।

बैंकको ७४४औं सञ्चालक समितिको बैठकले अग्रवाललाई पौष ९ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बैंक तथा वित्तीय, बीमा र कर्पोरेट क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालको नेतृत्वमा बैंकले थप सफलता हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु