गृहपृष्ठ अपि पावरले बोनसपछि हकप्रद जारी गर्ने

अपि पावरले बोनसपछि हकप्रद जारी गर्ने

अपि पावरले बोनसपछि हकप्रद जारी गर्ने

अपि पावरले ५.२६ प्रतिशत बोनस सेयरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख रुपियाँ पुग्नेछ ।

अपि पावरले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयरबाट प्राप्त हुने रकम दिव्यज्योति हाइड्रोपावरद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।

लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते २२ औं साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु