गृहपृष्ठ भोलिसम्म शेयर किन्नेले लाभांश पाउने
भोलिसम्म शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । भोलि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ९ सम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले नवौँ वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ।
गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गर्नेछ।
प्रकाशित समय : १४:२५ बजे




















