global ime bank Long Banner Ad

गृहपृष्ठ सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

प्रतिनिधिसभाका निवर्तमान सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन्।

संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्।

त्यसअघि हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रोपटक भेट भएको थियो। पुरापुर रूपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुनस्र्थापनाका लागि रिट लिएर गएको थियो।

कांग्रेस सचेतक सुशीला थिङको अनुसार संसद पुनस्र्थापनाका पक्षमा कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुनस्र्थापनाकै पक्षमा आउने संकेत देखाएको छ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु