global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत

ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत

ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३० देशका राजदुतलाई फिर्ता बोलाएको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वका ३० देशमा कार्यरत राजदुतलाई अर्को महिनासम्म फिर्ता आउन निर्देशन दिएको हो । राजदुतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ ।

फिर्ता बोलाइएका राजदुतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका राजदूतहरू रहेको बताइएको छ । त्यसै चार युरोपेली देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।

राजदुत फिर्ता बोलाइएका देशहरुमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, मचेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यूगीनी, फिलिपिन्स, रवान्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्री लंका, सुरिनेम र भियतनामलगायत रहेका छन् ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु