nmb bank

गृहपृष्ठ बुटवलमा पुस ३ देखि औद्योगिक प्रदर्शनी हुने

बुटवलमा पुस ३ देखि औद्योगिक प्रदर्शनी हुने

बुटवलमा पुस ३ देखि औद्योगिक प्रदर्शनी हुने

बुटवल- बुटवलमा पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ हुने भएको छ। रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी हुन लागेको हो।

मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पूरा भएको जनाएका छन्। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनीको बिहीबार पुस ३ गते दिउँसो अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नेछन्।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टलहरू रहनेछन्। प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु