काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

1.2K
shares

‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘मनको कुरा गरौँ’ नाराका साथ उक्त अभियानको आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गरिन ।

उनले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन । उनले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिइन ।

उनले स्थानीय तहको सरकारसँगको समन्वयमा समुदायमा स्तरमा समुदायमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताइन ।

मन्त्री डा गौतमले मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उनले त्यो नगर्दा भित्रभित्रै गुम्सिदै कडा रुप लिन सक्ने बताइन । उनले मानसिक स्वास्थ्यको औषधि सबैतिर पाउने गरी विवरण गरिएको बताइन । उनले मानसिक स्वास्थ्य समस्यालाई उजागरण गर्दै निराकरण गर्नका लागि मन्त्रालयका लागिपरेको बताइन ।

उनले सङ्घअन्तर्गतका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको जानकारी दिइन । उनले मानसिक स्वास्थ्य नीति र रणनीतिको कार्यन्वयनको सुस्त रहेकाले यसलाई प्राथमिकता राखेर काम गर्ने बताइन ।

मन्त्री डा गौतमले मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर बढी बजेट विनियोजन गर्नुपर्ने बताइन । उनले घरबाट टाढा विदेशमा रहेका श्रमिक र फर्केर आएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरुको मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बताइन ।

मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिए ।