गृहपृष्ठ गार्डियन माइक्रो लाइफको सेयरधनीको हात खाली

गार्डियन माइक्रो लाइफको सेयरधनीको हात खाली

गार्डियन माइक्रो लाइफको सेयरधनीको हात खाली

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुको हात खाली गराएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो ।

कम्पनीले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ भने हाल कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु