global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सप्ताहव्यापी रूपमा आप्रवासी दिवस मनाउने तयारी गरेको छ ।

मन्त्रालयमा आज सचिव डा कृष्णहरि पुष्करको अध्यक्षतामा कर्मचारी र सरोकारवलाबीच बसेको बैठकले दिवसको तयारीबारे छलफल गरेको हो । डिसेम्बर १८ तारिखमा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको छ । जसअन्र्तगत नेपालले पनि हरेक वर्ष राष्ट्रिय नारा तयारी गर्दै यो दिवस मनाउने गर्छ ।

यसै सन्र्दभमा दिवसको रचनात्मक तयारीका लागि मन्त्रालयले व्यवस्थापन तथा सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ । साथै, समितिले नै समय सुहाउँदो राष्ट्रिय नारा राख्ने र कामको बाँडफाड गर्ने सचिव डा पुष्करले बताए । उनका अनुसार विगतमा भन्दा यो वर्ष फरक र सन्देशमूलक ढङ्गले आप्रवासी दिवस मनाउने तयारी छ ।

यो वर्ष आप्रवासनबारे सकारात्मक जनभावना अभिवृद्धि गर्न कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका हुँदै राष्ट्रपति कार्यालयसम्म पैदल यात्रा गर्ने योजना रहेको सचिव डा पुष्करले जानकारी दिए । साथै उनले आप्रवासनका मुख्य गन्तव्यका दुतावासमा गएर हस्ताक्षरसहितको धन्यवादपत्र बुझाउने कार्यक्रम रहेको बताए ।

“आप्रवासी संस्कृतिलाई सकेसम्म सकारात्मक र ऊर्जावान बनाउनुपर्छ”, उनले भने, “कुनै पनि देशको विकासमा आप्रवासी संस्कृतिले अहम भुमिका खेलेको हुन्छ र आप्रवासी संस्कृति प्राचीन परम्परा पनि हो ।”

पछिल्लो समय वैदेशीक रोजगारमा श्रम बेचेर स्वदेशमा समेत योगदान दिने नागरिक बढ्दै गएका छन् । आप्रवासीलाई पलायन भएको भन्न नमिल्ने र उनीहरुलाई मर्यादित बनाउन सप्ताहव्यापी दिवस मनाउन आवश्यक रहेको सचिव डा पुष्करले बताए । छलफलमा वैदेशीक रोजगार सङ्घ, श्रम विभाग, गैरआवासीय नेपाली सङ्घ (एनआरएन)लगायतका सङ्घसंस्थाले दिवस प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु