global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्नुहुन्न’

‘सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्नुहुन्न’

‘सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्नुहुन्न’

सञ्चारकर्मीले सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्न नहुने बताएका छन् ।

‘सामाजिक सञ्जालमा गलत सूचना र भ्रामक सूचनाः डिजिटल युगमा जोखिम, प्रभाव र समाधानको बुझाइ’ विषयक छलफलमा उनिहरुले सामाजिक सञ्जालमा आउने सूचनालाई सजिलै विश्वास गरेर साझा गर्न नहुने धारणा राखे । ‘फोटो केटिएम’ र अस्मिता महिला प्रकाशन गृहको आयोजनामा नेपाल आर्ट काउन्सिलमा आज आयोजित प्यानल छलफलमा आफ्ना धारणा राख्दै सञ्चारकर्मी शुभेच्छा विन्दु तुलाधारले कुनै पनि सूचना साझा गर्दा तुरुन्तै प्रकाशन नगरी स्रोतको पुष्टि पश्चातमात्र विश्वास गर्नुपर्ने बताए ।

उनले भने, “मिडियामा सूचना दिने भोकमा ब्रेकिङ समाचार दिने होडबाजी पनि छ, सामाजिक सञ्जालमा व्यापक रूपमा कसरी ‘भिवर्स’ बढाउने भन्नेमा प्रतिष्पर्धा छ । अनलाइन मिडियामा पनि कपी पेस्ट गर्ने प्रवृत्तिले सूचना गलत प्रवाह भइरहेका छन् । पत्रकारले पनि बहुस्रोतबाट समाचारको पुष्टि गर्नुपर्छ । उपभोक्ताले पनि गलत वा सही छुट्याउन सचेत हुनैपर्छ । गलत सूचना प्रवाह भइरहेको छ भनेर उपभोक्ताले पनि आवाज उठाउनुपर्छ ।”

तुलाधरले मिथ्या र गलत सूचनाको प्रवाह रोक्न सरोकारवाला निकाय पर्याप्त रूपमा सकृय हुन नसकेको बताए ।

त्यसैगरी सञ्चारकर्मी तारा चापागाईँले सामाजिक सञ्जालमा जति पनि सूचना आउँछन् त्यो सत्य हो वा होइन सोधीखोजी गरेर मात्र विश्वास गरेर साझा गर्नुपर्नेमा जोड दिइन ।

उनले भनिन, “सञ्जालमा नियतवश र अन्जानमा थुप्रै सूचना फैलिरहेका हुन्छन् । छिट्टै विश्वास गरिहाल्न हुन्न । त्यसमाथि मृत्युका सूचनामा झनै हतारिनु हुन्न र संवेदनशिल बन्नुपर्छ ।”

चापागाईँले निर्वाचनको मुखमा गलत तथा मिथ्या सूचना प्रवाह हुन सक्ने र स्वार्थ समूहले प्रभाव पार्न सक्ने भन्दै यसमा व्यक्तिको स्वनिर्णय तथा स्वविवेकले काम गर्नुपर्ने बताइन । अस्मिता प्रकाशन गृहकी कार्यकारी निर्देशक सरिता श्रेष्ठले छलफलको सहजीकरण गरेकी थिइन ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु