गृहपृष्ठ आशा लघुवित्त वित्तीय संस्था
आशा लघुवित्त वित्तीय संस्था
नेप्सेमा आशा लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आशा लघुवित्तको सेयर भाउ समायोजन गर्दै प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम गरेको हो।
आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार १९४ रुपैयाँ कायम भएको थियो। अब भोलि समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
संस्थाले लाभांश र साधारणसभा प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन् ।
संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
प्रकाशित समय : १८:३८ बजे



















