global ime bank Long Banner Ad

गृहपृष्ठ रारा बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर (डिग्री) पढाइ सुरु हुने

रारा बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर (डिग्री) पढाइ सुरु हुने

रारा बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर (डिग्री) पढाइ सुरु हुने

मुगु । रारा बहुमुखी क्याम्पस मुगुमा स्नातकोत्तर (डिग्री) पठनपाठन कार्यक्रम सुरु हुने भएको छ ।

जिल्लाको प्रमुख उच्च शिक्षण केन्द्र रारा बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि शिक्षा संकायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।
क्याम्पसले आवश्यक पूर्वाधार, जनशक्ति र प्रशासनिक प्रक्रिया पूरा गर्दै हालको लागि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा कक्षा सुरु हुने रारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लालकेशर रोकायाले बताए ।

रोकायाका अनुसार दूरदराजका विद्यार्थीलाई स्थानीयमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्नातकोत्तर(डिग्री) तह सुरु गर्न लागिएको हो । यसअघि उच्च शिक्षा पढ्न बाहिरी जिल्लामा जानुपर्ने बाध्यता कम हुने पनि बताइएको छ ।
क्याम्पस प्रमुखका अनुसार,मध्यपश्चिम बिशवबिद्वालय द्वारा गरिने केही प्रक्रिया बाकी रहेको हुँदा यहि पुस महिनाको पहिलो हप्ता देखि आवेदन फारम लिने उक्त बिद्यार्थीका लागि आउदो माघ ८ गते बिशवबिधालयले प्रकाशित गरेको तालिका अनुसार प्रवेश परीक्षामा सहभागी गराउने तयारी भइरहेको जनाइएको छ ।

जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र उच्च शिक्षामा रुचि राख्ने विद्यार्थीले सजिलै अध्ययन गर्न पाउनेछन् । स्थानीय विद्यार्थीसँगै कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत भर्ना हुने अपेक्षा क्याम्पसले राखेको छ ।

स्थानीय अभिभावक, विद्यार्थी र सरोकारवाला सबैले रारा बहुमुखी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सुरु हुनु जिल्लाकै शिक्षा क्षेत्रका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु