गृहपृष्ठ अमेरिकामा कोभिड खोपले १० बालबालिकाको मृत्युमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष
अमेरिकामा कोभिड खोपले १० बालबालिकाको मृत्युमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गरेको प्रारम्भिक समीक्षाले कोभिड–१९ खोपले कम्तीमा १० बालबालिकाको मृत्युमा योगदान गरेको हुनसक्ने देखाएको छ।
यो कुरा खाद्य तथा औषधि प्रशासनका प्रमुख चिकित्सक तथा वैज्ञानिक अधिकृत विनय प्रसादले लेखेका छन्।
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।
यसैबीच, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले अब कोभिड खोपलाई ६५ वर्षभन्दा माथि वा दीर्घरोग भएका व्यक्तिहरूमा मात्र दिने नीति लागू गरेका छन्।
प्रकाशित समय : १०:५४ बजे

















