global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने

काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४गते देखि २६गतेसम्म तेस्रो ‘विश्वशान्ति कार्यक्रम’आयोजना हुँदैछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जनाअर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डल सहित १० हजारभन्दाबढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ ।

उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेश कुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदकापूर्व सदस्यलोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद लगायतका व्यक्तिहरूको समेत सहभागी हुनेछन्।

तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ।

त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुखदीप अर्पण समारोह हुनेछ, जहाँ हजारौं दीप र शान्तिको लागि प्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ।

 

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु