global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘सहरी क्षेत्रमा खुला स्थान अत्यावश्यक’

‘सहरी क्षेत्रमा खुला स्थान अत्यावश्यक’

‘सहरी क्षेत्रमा खुला स्थान अत्यावश्यक’

सरोकारवालाले काठमाडौं जस्ता सहरमा खुला स्थानको संरक्षण अत्यावश्यक रहेको बताएका छन् ।

सोमबार सञ्चारिका समूहद्वारा राजधानीमा आयोजित एक अन्तरक्रियामा सहभागी विशेषज्ञ र अधिकारीहरूले प्राकृतिक विपद्का बेला सर्वसाधारणको सुरक्षाका लागि खुला स्थानको अभाव गम्भीर चुनौती बन्दै गएको बताएका हुन् ।

कार्यक्रममा विज्ञहरूले नेपाल भूकम्पीय रूपमा संवेदनशील भएकाले सङ्घ, प्रदेश र स्थानीय तह सबैले खुला स्थान व्यवस्थापनलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । वातावरण र सहरी विकासबारे अध्ययन गर्दै आएका पत्रकार मुकेश पोखरेलका अनुसार काठमाडौँ उपत्यकाको कुल क्षेत्रफल करिब ७२१ वर्ग किलोमिटर भए पनि खुला स्थानको अनुपात अत्यन्तै न्यून छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार जहाँ ४० देखि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्नेमा हाल ०.५१ प्रतिशत मात्र खुला स्थान छ ।

जलवायु र जनजीविका क्षेत्रका विज्ञ दिनेश गुरुङले खुला स्थानको महत्वबारे चर्चा भए पनि संस्थागत गर्न कठिनाइ भइरहेको बताए । विपद् व्यवस्थापन ऐन भए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको टिप्पणी थियो ।

कार्यक्रमका अन्य सहभागीहरूले सार्वजनिक जग्गा अतिक्रमण बढ्दै गएको र खुला स्थान संरक्षणप्रति सरकारी निगरानी कमजोर भएकाले स्थानीय तहका जनप्रतिनिधि बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु