काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

असोजभित्रै विकास निर्माणका योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

2.67K
shares

गोरखा । असोजभित्रै विकास निर्माणका योजना सम्पन्न गर्ने गोरखाका तीन उपभोक्ता समिति सम्मानित भएका छन् । पहिलो त्रैमासिकभित्रै योजना सम्पन्न गरी फरफारक गरिसकेको उल्लेख गर्दै सहिदलखन गाउँपालिका–७ ले आज एक समारोहमा प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

“हामीले आर्थिक वर्षको सुरुमै सबैभन्दा पहिले योजना सम्पन्न गर्न सफल प्रथम, दोस्रो र तेस्रो उपभोक्ता समितिलाई सम्मान गर्ने घोषणा गरेका थियौँ”, वडाध्यक्ष शरण श्रेष्ठले भने । उनका अनुसार सबैभन्दा पहिले गत असोज २ गते नै योजना सम्पन्न गर्ने बोर्लाङी गाउँ सामुदायिक भवनमा ट्रस्ट निर्माण गर्ने उपभोक्ता समिति, दोस्रो मकैपुर, डाँडागाउँ सितलचौतारा बाटो ढलान उपभोक्ता समिति र तेस्रो असोज ४ गते नै योजना सम्पन्न गर्ने बुङ्कोट स्वास्थ्यचौकीमा सुत्केरी कक्षा स्तरोन्नति गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।

विकास निर्माणमा सक्रियता र जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको उनले बताए ।

सो वडा कार्यालयले चालु आर्थिक वर्ष १६ वटा विकास निर्माणका योजना तर्जुमा गरेको छ । जसमध्ये १२ वटा योजना सम्पन्न भएर योजना फरफारक भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । बाँकी चारवटा योजनाको पनि धमाधम काम सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार पुसको दोस्रो साताभित्र सबै योजनाहरु सम्पन्न हुने गरी काम भइरहेको छ ।

वडाले विभिन्न १० वटा सफ्टवेयरका कार्यक्रम पनि सञ्चालन गर्दैछ । जसमध्य तीनवटा सुरु हुन बाँकी रहेको अरु सञ्चालन भइरहेको र सबै योजना तथा कार्यक्रम पुसको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य रछ । सो वडामा साउन १ गते सबै उपभोक्ता समिति गठन भएर अभिमुखीकरण गरी योजना सम्झौता भइसकेको थियो ।

दोस्रो चौमासिक नसकिँदै शतप्रतिशत कार्य प्रगति गर्ने लक्ष्य रहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि पनि सो वडाले योजना तथा कार्यक्रम शतप्रतिशत सम्पन्न गरेबापत दुई आर्थिक वर्षसम्म गाउँपालिकाबाट पुरस्कृत भएको थियो । शतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको कार्यक्रमअनुसार सो वडाले दुईपटकसम्म पाँच–पाँच लाखका दरले पुरस्कार प्राप्त गरिसकेको छ ।