गृहपृष्ठ गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश
गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश
सर्वोच्च अदालतले ललितपुरको गोदावरी क्षेत्रका ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण नगरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ताहरू चिरञ्जीवी नेपाल र राजाराम श्रेष्ठले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइपछि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले नगरपालिका र नगरकार्य समितिका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश पोखरेलको इजलासले अधिवक्ताद्वयको रिटलाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ ।
ललितपुर क्षेत्रमा छैठौँ शताब्दीदेखिका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाहरू भए पनि पुरातत्त्व विभागदेखि स्थानीय सरकारसम्मले संरक्षणमा ध्यान नदिँदा मासिने जोखिममा रहेको रिट दाबी छ ।
प्रकाशित समय : २०:१४ बजे


















