global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्र बैँकको असहयोगले बन्द भयो नवीनतम् बैँङ्किङ सेवा ‘अरेन्ज नेक्स्ट’

राष्ट्र बैँकको असहयोगले बन्द भयो नवीनतम् बैँङ्किङ सेवा ‘अरेन्ज नेक्स्ट’

राष्ट्र बैँकको असहयोगले बन्द भयो नवीनतम् बैँङ्किङ सेवा ‘अरेन्ज नेक्स्ट’

नियामकीय असहयोगका कारण एफवन सफ्टले विकास गरेको नयाँ प्राविधिक अवधारणा ‘अरेन्ज नेक्स्ट’लाई लक्ष्मी सनराइज बैँकले बन्द गरेको छ ।

एफवन सफ्टले विकास गरेको अरेन्ज नेक्स्टको सेवा बन्द गर्न नियामक नेपाल राष्ट्र बैँकले तीन महिनाअघि लक्ष्मी बैँकलाई पत्राचार गरेको थियो ।

सहभागी ग्राहकलाई अबदेखि नयाँ पैसा जम्मा (डिपोजिट) नगर्न बैँकले एसएमएस पठाउन थालेको छ । १० मंसिरदेखि कुनै पनि नयाँ डिपोजिट स्वीकार नगरिएको भन्दै बैँकले अर्को सूचना नभएसम्मका लागि यो सेवा बन्द गरेको हो ।

बैँकले अरेन्ज नेक्स्टमा भएको रकम १५ मंसिरसम्ममा प्रयोग गर्न वा छिटोभन्दा छिटो आफ्नो बैँक खातामा सार्न अनुरोध गरेको छ ।

परम्परागत बैङ्किङ अभ्यासलाई प्रविधिको प्रयोगमार्फत झन्झटमुक्त र सरल बनाउन भन्दै लक्ष्मी सनराइज बैङ्कले सञ्चालनमा ल्याएको सो सेवा बन्द गर्न केन्द्रीय बैँकले साउन अन्तित साता निर्देशन दिएको थियो ।

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु