global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना घाइते

चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना घाइते

चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना घाइते

बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९ वर्षीया गोपी थारूको काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए। पछि खोजविन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताए।

सँगै घाँस काट्न गएका मध्ये दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन्। घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन्।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु