global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वीनाकाबाट कफीको आयात बढ्यो

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए । गत आव २०८१/८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।

 

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु