global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता

कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता

कोशी प्रदेशः चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता

कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता भएकामध्ये २१४ फस्र्यौट भइसकेको जानकारी दिए ।

उनका अनसार उत्त अवधिमा जबरजस्तीकरणीका १७८, बहुविवाहमा ३६ करणी उद्योगमा २७, बालयौन दुराचारका ३६, अवैध गर्भपतनका दुई, बोक्सी आरोपका एक, जातीय छुवाछूतका एक, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्दा फस्र्यौट भएका थिए ।आव २०८०/८१ मा ८८४ वटा मुद्दा दर्ता भएकोमा ७८४ वटा फस्र्यौट भएका थिए ।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु