गृहपृष्ठ रूस: नाभाल्नीको निर्वासित समूहलाई आतङ्कवादी सङ्गठनको संज्ञा
रूस: नाभाल्नीको निर्वासित समूहलाई आतङ्कवादी सङ्गठनको संज्ञा
रूसले बिहीबार दिवङ्गत विपक्षी नेता एलेक्सी नाभाल्नीका सहयोगीहरूले स्थापना गरेको निर्वासित समूहलाई ‘आतङ्कवादी सङ्गठन’ को संज्ञा दिएको छ ।
सन् २०२४ मा आर्कटिक जेलमा नभाल्नीको मृत्यु भएपछि र निर्वासनमा रहेका सबै प्रमुख रुसी विपक्षी आन्दोलनका कारण मस्कोले विपक्षी समूह र उनिसँग सम्बन्धित व्यक्तिहरूलाई निशाना बनाएको छ।
रूसी भ्रष्टाचारविरोधी अभियानकर्ता स्वर्गीय नाभाल्नीलाई राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिने गरिएको थियो । उनले क्रेमलिनको विरोधमा लाखौँ मानिसहरूलाई सडकमा ल्याउने सामथ्र्य राखिन भने रूसी अधिकारीहरूले उनिविरूद्ध नियमित रूपमा पक्राउ र उत्पीडन गरेका थिए।
रुसको सर्वोच्च अदालतले बिहीबार अमेरिकामा दर्ता भएको र नाभाल्नीका पूर्व सहयोगीहरूले सञ्चालन गरेको ‘एन्टी करप्सन फाउन्डेसन’लाई आतङ्कवादी सङ्गठन घोषणा गरेको छ।
सरकारले उक्त सङ्गठनको उद्देश्य आतङ्कवादलाई बढावा दिनु, सरकारविरोधी शक्तिको औचित्य पुष्टि गर्नु र सरकारविरोधी अभियानलाई समर्थन गर्नु रहेको बताइएको छ।
नाभाल्नी र उनका सङ्गठनहरूलाई पहिले ‘अतिवादी’ सङ्गठनको संज्ञा दिइएको थियो । अतिवादी सङ्गठनको परिभाषाले रूसभित्र उनीहरूको गतिविधिलाई पनि अवैध बनाउँछ।
क्रेमलिनले आफ्ना विरोधीहरूलाई लक्षित गर्न नियमित रूपमा त्यस्ता संज्ञाहरू प्रयोग गर्दछ र उनीहरूलाई सङ्गठन बन्द गर्न वा निर्वासनमा भाग्न बाध्य पार्छ।
उक्त निर्णयको जवाफमा ‘एन्टी करप्सन फाउन्डेसन’ले भनेको छ, “वास्तविक आतङ्ककारी भ्लादिमिर पुटिन र उनका सहयोगीहरू हुन् । उनीहरूले युद्ध सुरु गरे, सर्वसाधारण र राजनीतिक विरोधीहरूलाई मारे र निर्दोष मानिसहरूलाई जेलमा हालेका छन् ।
फाउण्डेसनका सदस्यहरूले यसलाई विपक्षीलाई दबाउने ‘राजनीतिक रणनीति’ भनेका छन् र अन्य स्वतन्त्र मिडिया र मानवअधिकार समूहहरूले चाँडै यस्तै नियति भोग्ने चेतावनी दिएका छन् ।
गत अक्टोबरमा एम्नेस्टी इन्टरनेसनलले रुसी अदालतमा मुद्दा दायर गर्दा यो फैसलाले ’सामूहिक प्रतिशोधको बाढी निम्त्याउन सक्छ’ भनेको थियो ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले आलोचकहरूलाई चुप लगाउने अभियान व्यापक रूपमा तीव्र पारेको छ।
सार्वजनिक नगरिएको प्रयोगशाला परीक्षणले उहाँलाई विष खुवाएर जेलमै मारिएको देखाएको नाभाल्नीका सहयोगीहरूले बताएका छन्। मस्कोले नाभाल्नीको हत्या भएको भन्ने दाबीलाई अस्वीकार गर्दै आएको छ ।
प्रकाशित समय : २०:३६ बजे



















