काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राम मन्दिरबाट पुछारीको भार जानकी मन्दिर पठाइयो

2.31K
shares

जनकपुर । जनकपुरधामको राम मन्दिरबाट जानकी मन्दिरमा पुछारीको भार पठाइएको छ ।

साताव्यापी सीता राम विवाह महोत्सव अन्तर्गत जनकपुरधाममा सम्पन्न प्रतिकात्मक सीता राम विवाह सन्दर्भमा बिहीबार अयोध्याको प्रतिनिधित्व गर्ने राममन्दिरबाट वैवाहिक सम्बन्धको प्रगाढता एवम हर्ष स्वरुप जानकी मन्दिरमा माता सीतालाई पुछारीको भार पठाइएको छ ।

मिथिला संस्कृति अनुसार विवाह भएपछि ससुराली पक्षबाट आएको पुछारीको भारलाई जनमानसमा कोशेलीको रुपमा वितरण गर्ने परम्परा अनुरुप जानकी मन्दिरबाट पनि राम मन्दिरबाट पठाइएको कोशेलीहरु वितरण गरिने परम्परा रहेको छ ।

पुछारीमा विभिन्न परिकार, मिठाई, दही, फलफूल एवम माता सीताका लागि वस्त्रहरु दिईने गरिन्छ । पुछारीको भार पठाउनुलाई मुख्य रुपमा स्नेह र हर्ष आदान प्रदान गर्ने चलन रहेको मानिन्छ ।