काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकारलाई रिहा

1.27K
shares

टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरुलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्रदर्शनको आरोपमा मुद्दा चलाइएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगनका शीर्ष प्रतिद्वन्द्वी इस्तानबुलका शक्तिशाली विपक्षी मेयर एक्रेम इमामोग्लुको गिरफ्तारीबाट भड्किएको विरोध प्रदर्शनमा चारजना फोटोग्राफरहरूलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई हजारौँ प्रदर्शनकारीहरू जस्तै–प्रदर्शन र सार्वजनिक जमघटहरूमा कानुन उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

“प्रतिवादीहरूले कथित अपराध गरेको कुनै ठोस आधार नभएकाले न्यायाधीशले निर्दोष ठहर गरि रिहा गरिएको जनाइएको छ ।

अकगुल अन्तर्राष्ट्रिय मिडिया कर्मी हुनुहुन्छ भने अन्य तिन टर्कीको नाउ हेबरका अली ओनुर तोसन र फ्रीलान्सर बुलेन्ट किलिक र जेयनेप कुराय हुन् ।

एएफपीको व्यवस्थापनले अक्गुललाई रिहा गर्न बारम्बार आह्वान गरेको थियो भने उहाँका वकिल केमल कुमकुमोग्लुले अक्टोबर – २४ मा अन्तिम सुनुवाइमा अदालतमा कुनै आपराधिक गल्ती नभएको बताएको थियो ।

टर्कीको एक अदालतले बुधबार लोकप्रिय राजनीतिक पत्रकार र टिप्पणीकार फातेह अल्तायलीलाई एर्दोगनलाई “धम्की“ दिएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

आरएसएफको विश्व प्रेस स्वतन्त्रता सुचिमा टर्की १८० देशहरू मध्ये १५९ औं स्थानमा रहेको छ ।