गृहपृष्ठ पाकिस्तानको फ्रन्टियर कोर्प्सको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु
पाकिस्तानको फ्रन्टियर कोर्प्सको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु
सोमबार बिहान पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) मुख्यालयमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा आतंककारीहरूले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको हो।
आक्रमणपछि भारी गोलीबारी भएको थियो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनामा तीन एफसी कर्मचारीको मृत्यु भएको पुष्टि गरे।
पेशावरका प्रहरी अधिकारी मियाँ सईदका अनुसार आक्रमणबारे पूर्ण जानकारी अझै उपलब्ध भएको छैन।
यसैबीच लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार अहिलेसम्म पाँच जना घाइतेलाई अस्पताल ल्याइएको छ, जसमध्ये सबैलाई सामान्य चोट लागेको छ।
प्रकाशित समय : १२:०९ बजे




















