गृहपृष्ठ कुमारी बैंक र बन्दिपुर केबल कार एण्ड टुरिजमबिच सम्झौता
कुमारी बैंक र बन्दिपुर केबल कार एण्ड टुरिजमबिच सम्झौता
कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिचकुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदानगरि आएको सेवाहरुमा कुमारी बैंककाग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभइन रेष्ट्रोमा १३% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा रकेबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विगत २४वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : ११:०७ बजे




















