गृहपृष्ठ नेपाल बीमा प्राधिकरण र त्रिवि तथ्यांकशास्त्र केन्द्रीय विभागबीच समझदारी
नेपाल बीमा प्राधिकरण र त्रिवि तथ्यांकशास्त्र केन्द्रीय विभागबीच समझदारी
नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्यांकशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदान सम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्यांकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताए । अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय, तथ्यांकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखे ।
समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ ।
प्रकाशित समय : ११:०२ बजे




















