गृहपृष्ठ महेश बस्नेतमाथि जेनजीले रङ फाल्दा रामकुमारी झाँक्री आक्रोशित
महेश बस्नेतमाथि जेनजीले रङ फाल्दा रामकुमारी झाँक्री आक्रोशित
नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले महेश बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरेकी छिन् । आक्रमणकारी माथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– ‘महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरूले हारे, कारण: पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो। ‘
आपराधिक मानसिकताका भएका एकाध व्यक्तिले जहिले पनि आक्रमण गर्न सक्ने भन्दै उनले सचेत भएर एउटै मिसनमा लाग्न उनले आग्रह गरेकी छिन् ।
प्रकाशित समय : १२:५७ बजे


















