स्टार्कले ७ विकेट लिएपछि इङ्ग्ल्यान्ड पहिलाे पारीमा १ सय ७२ रनमै अलआउट
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १४:५८
shares

अस्ट्रेलियासँगकाे एशेज टेस्ट शृङ्खलाकाे पहिलाे खेलकाे पहिलाे पारीमा इङ्ग्ल्यान्ड १ सय ७२ रनमा अलआउट भएकाे छ ।
पर्थमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्ड पहिलाे दिनकाे खाना समयपछि १ सय ७२ रन बनाउँदा अलआउट भएको हाे । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले ५२, ओली पोपले ४६ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ७ विकेट लिए । योसँगै स्टार्कले एशेज शृङ्खलामा १०० विकेट पूरा गरेका छन् । ३५ वर्षीय स्टार्कले २२ खेलमा २६ दशमलव ६५ को औसतमा १०० विकेट लिएका हुन् ।
योसँगै स्टार्कले आफ्नो टेस्ट डेब्युपछि टेस्ट क्रिकेटको पहिलो पारीको पहिलो ओभरमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान इङ्गल्यान्डका जेम्स एन्डरसनको नाममा थियो ।
एन्डरसनले पहिलो पारीको पहिलो ओभरमा ६ विकेट लिएका छन् भने मिचेल स्टार्कको विकेट सङ्ख्या ७ पुगेको छ ।






















