गृहपृष्ठ नेपाल-भारतीय टोलीद्वारा स्थलगत अनुगमन
नेपाल-भारतीय टोलीद्वारा स्थलगत अनुगमन
पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष गरिने महत्वपूर्ण सिँचाइ तथा नदी नियन्त्रणका कामहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अनुगमन गरेका छन्।
नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीका अनुसार अनुगमन टोलीले विशेष गरी यस वर्ष भारतीय जलसंसाधन विभागबाट हुने कामहरूको कार्यान्वयन र योजनाबारे छलफल गरेको हो ।
नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका अनुसार पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रदेखि भारतीय सीमानासम्म विभिन्न क्षेत्रको टोलीले संयुक्त अनुगमन गरेका हुन्।
यस वर्ष भारतीय जलसंसाधन विभागबाट गण्डक सिञ्चित क्षेत्रमा बी ग्याप र ए ग्यापको बाँध वा सडकको चौडाइ तथा उचाइ बढाउने काम, गण्डक क्षेत्रमा नदीको पानीको बहाव (वहाब) नियन्त्रण गर्ने संरचनाहरूको व्यवस्थापनको काम र नदी नियन्त्रण संरचनाको पुनर्संरचना लगायतका काम हुने छन् ।
नेपाली टोलीको नेतृत्व जलस्रोत तथा सिँचाइ विभाग, बजेट तथा कार्यक्रम महाशाखाका उपमहानिर्देशक कुसाङ शेर्पा र कार्यालय प्रमुख तिलकराम बुढाथोकीले गरेका थिए । त्यसैगरी, भारतको तर्फबाट उत्तर प्रदेश र बिहार प्रदेश सरकारका सिँचाइ अभियन्ता कार्यालयका प्राविधिकहरूको उपस्थिति थियो ।
प्रकाशित समय : ११:३५ बजे


















