global ime bank Long Banner Ad

गृहपृष्ठ रवि र छविको मुद्दाको उच्च अदालतमा पेसी तोकियो

रवि र छविको मुद्दाको उच्च अदालतमा पेसी तोकियो

रवि र छविको मुद्दाको उच्च अदालतमा पेसी तोकियो

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालिन गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको मु्द्दामा विहिबार पेशी तोकिएको छ ।

लामिछानेको मुद्दामा बिहीबार एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा उनको मुद्दामा पेसी तोकिएको हो ।

बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै दिएको निवेदन बुटवल इजलासमा छ भने काठमाण्डौँको स्वर्णलक्ष्मी सहकारी मुद्दामा उनीविरुद्ध काठमाण्डौँ जिल्ला अदालतले गरेको आदेश ७३ नम्बरको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु