global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुराको दानसाँघु खोलामा जडाङ्गाको बेलिब्रिज स्थानान्तरण हुने, आवतजावतमा सहज हुने अपेक्षा

बाजुराको दानसाँघु खोलामा जडाङ्गाको बेलिब्रिज स्थानान्तरण हुने, आवतजावतमा सहज हुने अपेक्षा

बाजुराको दानसाँघु खोलामा जडाङ्गाको बेलिब्रिज स्थानान्तरण हुने, आवतजावतमा सहज हुने अपेक्षा

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिकाको दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको लागी शिलान्यास गरिएको छ । लामो समयको अथक प्रयास पछि उक्त खोलामा पुल निर्माणका लागी बुधबार शिलान्यास गरिएको हो ।

बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले बेलिब्रिज पुलको शिलान्यास गरेका हुन् । साँफे मार्तडी सडकखण्डको जडाङ्गा स्थित प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई दानसाँघु खोलामा स्थानान्तरण गरि पुनः स्थापना गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा उक्त पुल सार्न लागेको हो । नगरपालिकाको निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले सार्थकता पाएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।
उनका अनुसार,बेलिब्रिज निर्माण भए पश्चात् माथिल्लो क्षेत्रका नागरिकलाई ठुलो राहत मिल्ने बताएका छन् । साथै सवारीसाधन र स्थानीयको आउजाउमा सहज हुने अपेक्षा लगिएको बताए । मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २६ वर्ष बितिसक्दा पनि उक्त खोलामा पुल निर्माण हुन सकेको थिएन ।

सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी बेलिब्रिज पुलको सर्भे गरिको थियो । मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ भने अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै रजातोली खोलामा पनि पुल बन्न सकेको छैन् । पुल निर्माण नभएका खोलामा बर्षातको समय पानीको बहाव बढ्दा समस्या हुने गरेको छ । पुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका,हिमाली, जगनाथ र स्वामिकार्तिकका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने भएको छ ।

यतिवेला खोलामा पुल नहुँदा यातायातका साधनलाई समस्या हुदैँ आएको थियो।अहिले बुढिगंगाको बेलिब्रिज जडान गरि यातायातका साधनलाई सहज बनाईने भएको हो । साथै पक्की पुल निर्माणका लागी ठेक्का प्रक्रिया पनि अघि बढिसकेको छ ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु