global ime bank Long Banner Ad

गृहपृष्ठ ४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

काठमाडौं । नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ ।

बैंकले उपलब्ध गराएको विवरणअनुसार सन् २०२४/२५ सम्म नबिल बैंकले कुल २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको हो । तथ्यांकले बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाएको छ ।

सुरुआती वर्षहरूमा केही लाख रुपैयाँको हाराहारीमा रहेको आयकर पछिल्ला वर्षहरूमा अर्ब रुपैयाँको स्तरमा पुगेको छ । आर्थिक वर्ष २०२४/२५ मा मात्रै बैंकले करिब २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर बुझाएको छ, जुन हालसम्मकै उच्च वार्षिक कर योगदान हो ।

नबिल बैंकले सरकारलाई सर्वाधिक कर बुझाउने बैंकिङ संस्थाका रूपमा पनि पटक–पटक सम्मान प्राप्त गरेको छ । आन्तरिक राजस्व विभागबाट बैंकले आठ आर्थिक वर्षमा ‘सर्वाधिक करदाता’ सम्मान प्राप्त गरेको रेकर्ड छ ।

बैंकले आर्थिक वर्ष २०१०/११, २०१३/१४, २०१४/१५, २०१६/१७, २०१८/१९, २०१९/२०, २०२०/२१ र २०२२/२३ का लागि सर्वाधिक करदाता पुरस्कार प्राप्त गरेको हो । बैंकका अनुसार नियमित रूपमा उच्च कर योगदान गर्नु संस्थागत सुशासन, दिगो नाफा तथा राष्ट्रिय अर्थतन्त्रप्रतिको उत्तरदायित्वको प्रतिबिम्ब हो । निजी क्षेत्रको बैंकिङ उद्योगमा नबिल बैंकले कर योगदानका हिसाबले अग्रणी स्थान कायम राख्दै आएको जनाएको छ ।

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु