गृहपृष्ठ ‘कांग्रेस अहिलेकै अवस्थामा चुनावमा गए टिकट लिन कोही पनि तयार हुँदैनन्’
‘कांग्रेस अहिलेकै अवस्थामा चुनावमा गए टिकट लिन कोही पनि तयार हुँदैनन्’
काठमाडौं । नेपालबार एशोसिएशनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरेले अहिलेकै अवस्थामा फागुन २१ गतेको चुनावमा जाने हो भने टिकट लिने मान्छे पनि नपाउने अवस्था रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस विशेष महाधिवेशनको सन्दर्भमा आयोजित कानुनी विमर्शमा उनले काङ्ग्रेस चुनावमा जाने हो भने पूर्ववत अवस्थामै रहेर काम गर्न नसक्ने बताए । उनले यस्तो कुरानेताहरुको सामु नडराई भन्न सक्नुपर्ने बताए ।
उनले भने, ‘विशेष महाधिवेशन गर्न सकिन्छ कि सकिदैँन् भन्ने कुरामा सुरुवात नै नगरेपछि सक्दै सकिदैन । सुरुवात त हुनुपर्यो नि । सुरुवात गरेपछि सक्ने नसक्ने थाहा हुन्छ ।तर अहिलेकै अवस्थामा फागुन २१ गतेको चुनावमा जाने हो भने उम्मेदवार नपाउने संभावना छ । टिकट लिन कोही चाहदैनन् । यस्तो अवस्थामा चुनाव लड्दिन भनेपछि टिकटकसलाई दिने ।कांग्रेस पूर्ववत अवस्थामा चल्न सक्ने अवस्थामा नै छैन् ।’
यस्तै, उनले प्रधानमन्त्री, सांसद कतिपटक बन्नपाउने वानपाउने भन्ने कुरा व्यवस्था पनि विस्तारै गर्दै जानुपर्ने बताए । उनले भने, ‘धेरै त्याग गरेको नेताहरु छन्, त्यसमा शेरबहादुर दाई पनि पर्छन् । उहाँको अवस्था हामीले केहीदिन अगाडि देख्यौं । यो दुख लाग्दो कुरा हो । एक अवधी पुगेपछि बस्न नपाउने भन्ने कुरा काङ्ग्रेसमा लागू हुँदैन । कानून क्षेत्रतिर त्यो लागू हुन्छ तर प्रधानमन्त्री कतिपटक बन्न पाउने वा नपाउने भन्ने विषय हामीले लेखेनौं । सांसदको कुरा लेखेनौ । यस्ता कुरा विस्तारै व्यवस्था गर्नुपर्छ कि भन्ने देखिएको छ ।’
कांग्रेस रहेनभने देश नै रहदैन् भन्ने कुरामा आफू विश्व स्तरहेको पनि उनको भनाई छ । सोही क्रममा अधिवक्ता सीताराम केसीले फागुनमा हुन लागेको निर्वाचनमा नयाँ एजेण्डा, नयाँ नेतृत्व र नयाँ उर्जाका साथ नगए सम्भावना नै नरहेको बताए ।
साथै, अबको महाधिवेशनले स्पष्टसँग पार्टीमा आर्थिक नीतिसँगै राजनीतिनीति पनि आवश्यक भएको कुरा उठाउनु पर्ने पनि उनको भनाई छ ।
यस्तै,उनले यो विशेष महाधिवेशन कुन तरिकाले जान्छ भन्ने कुरातिर प्रवेश गर्न जरुरी नभएको भन्दै विशेष महाधिवेशन केन्द्रमा मात्रै हुने तर्क गरे ।
प्रकाशित समय : १८:३५ बजे


















