काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : पौडेल

1.76K
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् ।

उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए ।

उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना भएतापनि क्रियाशील नटुंगिइकने हुन नसक्ने बताएका छन् ।

‘क्रियाशील सदस्यता दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गर्नुभएको हो । तर अहिले उहाँले प्रतिवेदन दिँदाखेरि जम्मा तीन–चार वटा जिल्लाको सकिएको छ । नयाँ त सुरु नै भएको छैन । छिट्टै यसलाई सकेर मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना थियो । अब क्रियाशील नटुंगाइ अधिवेशन हुने छाँट देखिदैन्,’ उनले भने ।

उनले पार्टी कार्यलय जलेका कारणले पनि बाहिर जिल्लाबाट रिर्पोट आउन ढिलाई भएका कारण  समस्या भइरहेको बताए ।