गृहपृष्ठ नेपालद्वारा माल्दिभ्स पराजित

नेपालद्वारा माल्दिभ्स पराजित

नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।

कोलोम्बोमा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित ग-र्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।

आजको जितपछि नेपालले तीन खेलबाट सात अङ्क जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको  नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–१ को सेटमा हराएको थियो ।

चार टिम सहभागी यस प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अङ्क तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु