गृहपृष्ठ बिवाइडीको तेस्रो त्रैमासिक नाफामा ३३ प्रतिशत कमी

बिवाइडीको तेस्रो त्रैमासिक नाफामा ३३ प्रतिशत कमी

बिवाइडीको तेस्रो त्रैमासिक नाफामा ३३ प्रतिशत कमी

चिनियाँ विद्युतीय सवारी साधन (कार) निर्माता विशाल प्रविधि कम्पनी (बिवाइडी) ले बिहीबार आफ्नो तेस्रो त्रैमासिक नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले घटेको बताएको छ ।

सुस्त घरेलु खपतका कारण चिनियाँ कार निर्माता कम्पनी विवाइडीले आफ्नो कारोबारलाई विदेशमा विस्तार गर्न खोज्दैछ। विवाइडीले तेस्रो त्रैमासिकको लागि आफ्नो खुद नाफा ७.८ अर्ब युआन (१.१ अर्ब डलर) रहेको बताएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३२.६ प्रतिशतले कम हो र यो यो बर्षको लगातार दोस्रो त्रैमासिक गिरावट हो ।

चीनको सेन्जेनमा रहेको कार विर्माता कम्पनीले सोही अवधिमा १९५ अर्ब युआनको राजस्व कमाएको र यो गत बर्षको तुलनामा तीन प्रतिशतको सामान्य कमी हो।

चीनको विद्युतीय सवारी साधन उद्योग विश्वको अग्रणी छ तर आत्मघाती घरेलु बजारले कम्पनीको नाफामा असर पारेको छ । घरेलु बजारमा देखिएको सुस्त कारोबारका कारण बिवाइडीसहित धेरै कम्पनी यसको सन्तुलन वा नाफा वृद्धिका लागि विदेशी बजारमा फर्केका छन्। -एएफपी

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु