काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट

1.74K
shares

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजाआराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताएको छ ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गरेको छ । “शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पु¥याउन सघाइरहेको हुन्छ, धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु-याएका छन्”, सन्देशमा भनिएको छ ।

विशेषतः तराई तथा मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ, पोखरालगायत पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको उल्लेख गर्दै सन्देशमा यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रस्ट हुने भनिएको छ ।

प्रकृतिको पूजा गरिने छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपाललाई शान्ति तथा अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गरेको छ ।