गृहपृष्ठ विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड

विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड

विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले क्षति पु¥याएको विपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको छ । क्षतिग्रस्त सडकका कारण सवारी साधन आवतजावतमा समस्या भइरहेका बेला मन्त्रालयले यातायात व्यवस्था सहज बनाउन अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको हो ।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायीरूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकिएको छ । केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

बाढीले क्षतिग्रस्त बनाएको करिब चार किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । मन्त्री कुलमान घिसिङले सङ्घीय राजधानी काठमाडौँसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गरे।

मन्त्री घिसिङको नेतृत्वमा सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोली सडक अनुगनमा गएको थियो । मन्त्री घिसिङले बाढीपहिरोले क्षतिग्रस्त चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेको थियो ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु